३१७ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा 

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १२ बैशाख

देशभर हाल ३१७ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २५२ आइसियु र ६५ जना भेन्टिलेटरमा गरी ३१७ जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार २८२ जना संक्रमित आइसियु र भेन्टिलेटरमा थिए।

प्रदेश १ मा २१ र प्रदेश २ मा ९ जना कोरोना संक्रमित आइसियुमा छन्। यहाँ कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्। बागमती प्रदेशमा १२७ जना आइसियु र ४४ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ५ जना आइसियु र १ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ६४ जना आइसियु र १६ जना भेन्टिलेटरमा, कर्णालीमा १६ जना आइसियु र सुदूरपश्चिम प्रदेशमा १० जना आइसियु र ४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा १२२ जना संक्रमित आइसियु र भेन्टिलेटरमा छन्। ५५४ जना आइसोलेसनमा छन्।

शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १० आइसियु, ८ भेन्टिलेटर र १०६ जना आइसोलेसनमा छन्। श्री वीरेन्द्र अस्पताल छाउनीमा ४ जना आइसियु र २९ जना आइसोलेसनमा, वीर अस्पतालमा ५ आइसियु, १ भेन्टिलेटर र ४० जना आइसोलेसनमा, नेपाल प्रहरी अस्पतालमा ५ आइसियु र ५३ जना आइसोलेसनमा छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ९ जना आइसियु, १० भेन्टिलेटरमा र ५३ जना आइसोलेसनमा, त्रिवि शिक्षण अस्पतालमा ५ आइसियु, ५ भेन्टिलेटर र ४३ जना आइसोलेसनमा, पाटन अस्पतालमा ९ आइसियु, ८ भेन्टिलेटर र ८८ जना आइसोलेसनमा छन्।

यस्तै निजामती कर्मचारी अस्पतालमा १ जना आइसियु र १८ जना आइसोलेसनमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा ५२ जना आइसोेलेसनमा छन्।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ३ जना आइसियु र १ जना भेन्टिलेटरमा र १४ जना संक्रमित आइसोलेसनमा, ह्याम्स अस्पतालमा ९ जना आइसियु, ३ जना भेन्टिलेटरमा र २१ जना आइसोलेसनमा, नेपाल मेडिसिटी अस्पतालमा २२ आइसियु, ४ भेन्टिलेटर र ४३ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *