भक्तपुरमा खानेपानीको समस्या जस्ताकाे तस्तै

विशेष समाचार समाचार स्वास्थ्य

सर्मिला प्रजापति
भक्तपुर, १९ चैत


हिउँद महिना शुरु भएदेखि भक्तपुरमा खानेपानीको समस्या शूरु भएको छ । यो समस्या अहिलेको मात्र होइन । विगत केही वर्षदेखि भक्तपुरका बासिन्दाले पानीको समस्या भोगिरहेका छन् । पानी सबैको लागि अत्यावश्यक रहेको छ । सबै काम गर्नको लागि नभै नहुने पानी दुई हप्ताको एक दिन मात्रै पठाइरहेको हुन्छ । आवश्यकता अनुसारको खानेपानीको व्यवस्था गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड(काउखाली) अहिले असफल सावित भइरहेको छ । यसै कारणले स्थानीय जनता आफ्नो जीवनपद्धति निर्वाह गर्न गाह्रो महसुस गरिरहेका छन् ।

काउखालीका अनुसार मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण भएतापनि उपत्यकाका सबै क्षेत्रमा पुग्न अझै सात महिना लाग्ने भएको छ । भक्तपुर जिल्लाभित्र पुग्न अझै धेरै समय लाग्ने भएपछि यहाँका जनता आक्रोशित भएका छन् । नियमित पानी नपर्नु र बन जंगल फडानीको क्रम बढेसँगै बाेरिङ तथा डिप बोरिङ गरेर पानी तान्न पनि निकै समस्या परेको स्थानीय कृष्णलक्ष्मी प्रजापति बताउँछन् । उनका अनुसार नियमित पानी नआएकाले सातामा एकचोटी पनि नुहाउन र लुगा धुन नपाएको गुनासो गर्छन् ।
भक्तपुरमा इनार धेरै छन् तर सुक्खा छन् । विगतका वर्षहरुमा पनि धाराको पानी नआइ समस्यामा परेको बेला इनारका पानीको प्रयोग गरेकोमा यसपाली इनारमै पानी नहुँदा अझै समस्यामा परेको छ । यस्तो अवस्थामा भक्तपुर नगरपालिकाले विगतका दिनमा योजनासहित तालिका बनाएर जनताको समस्या बुझेर खानेपानी वितरण गरेकोमा अहिले कहिँ कतै पनि वितरण गरेको पाइएन । यसले जनता अझै पानीका लागि दुःख पाइरहेका छन् । हरेक वर्ष यस्तो समस्या नहुन सम्बन्धित निकाय, संघ संस्थाले ध्यान दिनु आवश्यक रहेको स्थानीय जनता बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *