शुक्रबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, १० पुस

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार  २०० जना पुगेको छ। गत २४ घण्टामा ६०८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को इलाममा ३ जना, उदयपुरमा एकजना, झापामा १४, भोजपुरमा २, मोरङमा ११, संखुवासभामा २, सुनसरीमा १० र सोलुखुम्बुमा एकजनामा कोरोना संक्रमण देखिएको छ।

प्रदेश २ को धनुषामा ४ जना, पर्सामा एकजना र बारामा ३ जनामा  कोरोना संक्रमण भेटिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार बागमती प्रदेशको काठमाडौंमा मात्र २१२ जनामा कोरोना पुष्टि भएको छ। यस्तै काभ्रेमा ४, चितवनमा १८ ,दोलखामा ५ जना, धादिङमा ५ जना, नुवाकोटमा १३, भक्तपुरमा २०, मकवानपुरमा ५, रामेछापमा २, ललितपुरमा ४७, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा  एकजनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १८, गोरखामा २ जना, तनहुँमा ३, नवलपरासी पूर्वमा ८, पर्वतमा एकजना र स्याङ्जामा २ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, गुल्मीमा २, दाङमा १०, नवलपरासीमा २, पाल्पामा ५, प्युठानमा २, बर्दियामा ४, बाँकेमा १७, रुपन्देहीमा ३५ र रोल्पामा एकजनामा कोरोना पाइएको छ।

यस्तै कर्णाली प्रदेशको कालिकोटमा एकजना, जाजरकोटमा एकजना, जुम्लामा ३, डोल्पामा ४, दैलेखमा २, सल्यानमा एकजना र सुर्खेतमा १० जनामा कोरोना भेटिएको छ।

यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा १२, कंचनपुरमा १७, कैलालीमा ३३, डडेल्धुरामा २,  डोटीमा ४, दार्चुलामा एकजना र बझाङमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *