विद्यार्थीले निजी विद्यालय भन्दा सामुदायिक रोज्दै

शिक्षा समाचार

बैशाख ११,नेपालगञ्ज


शहर देखी ग्रामिण भेगका अधिकाँश सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढ्न थालेको छ । ग्रामिण भेगका सामुदायिक विद्यालयले नर्सरी अंगे्रजी माध्यमबाट अध्यापन गराउन थालेपछि निजी छोडेर विद्यार्थीको सामुदायिकमा आर्कषण बढने थालेको हो ।
२०२० स्थापना भएको दैलेख ठाटिकाँध गाउँपालिका मालिका माध्यामिक विद्यालयमा पछिल्लो समय विद्यार्थीको चाप बढदै गएको छ । नर्सरी देखी कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पढाई हुन थालेपछि विद्यार्थी संख्यामा बृद्धि हुन थालेको प्राधनाध्यापक महेन्द्रकुमार शाहीले बताए । उनले भने, हामीले नर्सरी देखी ३ सम्म अंग्रेजी माध्यमबाट अध्यापन गराउन थाल्दा विद्यार्थी निजी विद्यालय छोडेर मालिका आउने गरेका छन् । दैलेख आठविस नगरपालिका जनता बोर्डिङ्गबाट १३ जना,कैलाली र सुर्खेतबाट २/२ गरि १७ जना भर्ना भईसकेको जानकारी दिए । उनले भने, विद्यालयको सबै कुरा शुन्यबाट शुरु गर्नुपर्ने भएकोले चुनौतिपुर्ण छ । यसका लागि हामी सबै सँग सहयोगको अपेक्षामा छौं ।
शैक्षिक सत्र २०७५/०७६ विद्यार्थीको संख्या ४४७ रहेको थियो भने चालु शैक्षिक सत्रमा बढेर ५ सयसम्म पुग्न सक्ने प्राध्यापक शाहीले जानकारी दिए । नर्सरी देखी कक्षा १० सम्म अध्यापन गराउने विद्यालयमा १ जना प्रावि स्थायी,१ जना अस्थायी ६ जना राहत,२ जना कर्मचारी बाँकी ७ जना विद्यालयको आन्तरिक कोषबाट शिक्षक र कर्मचारी नियुक्ती गरिएको छ । विद्यालय आगामी दिनमा कक्षा १० सम्म अंग्रेजी माध्यमबाट पढाउने योजना बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा देवी शाहीले जानकारी दिइन । उनले भनिन् हामीले भक्तपुरको एभरेष्ट ईग्लिस बोर्डिङ्ग स्कुलको विद्यार्थीको जन्मदिनको कोष सहयोगबाट १५०१ पुस्तक प्राप्त गरि विद्यालयमा पुस्तक स्थापना गरेका छौ । विद्यालयमा आगामी दिनमा विज्ञान प्रयोगशाला,कम्युटर ,ल्याव,घेरबार र फर्निचर बनाउन लागि रहेको योजना सुनाइन् ।
मालिका मावि विद्यालयले २०६४ मा १ रोपनी जग्गा खरिद गरेको थियो भने ०७४ सालमा ४ हजार बर्गमिटरमा खेलमैदान निर्माण गरेको छ । आर्थिक बर्ष २०७४/०७५ ठाटिकाँध गाउँपालिकाले सो विद्यालयको खेलमैदान निर्माणको लागि विनियोजन गरेको १२ लाख रकम भुक्तानी नदिएको शिक्षक देवहादुर शाहीले दुखेसो पोखे । हामीले जनप्रतिनिधीकै सल्लाहमा डोजर प्रयोग गरि खेलमैदान बनायौं,अध्यक्षले भुक्तानी दिदा ७ लाख रकम लिउ भने हामीले प्राविधिक मुल्यांकन अनुसार जति आउँछ त्यति लिने भनेपछि रकम लिएनौं,उनले भने । गाउँपालिकाले भुक्तानी नदिएको विरोधमा तत्कालिन समयमा स्थानीयबासी,विद्यार्थी र अभिभावकले एक दिने विरोध कार्यक्रम गरेका स्थानीयबासी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *