२९५ संक्रमित आइसियु र भेन्टिलेटरमा, ३७१० संक्रमित होम आइसोलेसनमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १० पुस

देशभर हाल २९५ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २४९ जना आइसियु र ४६ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा १६ आइसियु र ४ भेन्टिलेटरमा, प्रदेश २ मा ७५आइसियु र ३ भेन्टिलेटरमा, बागमती प्रदेशमा ९३ आइसियु र २८ भेन्टिलेटरमा, गण्डकीमा ७८ आइसियु र ७ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४४ आइसियु र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

यस्तै कर्णाली प्रदेशमा १० जना आइसियु र एकजना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ३ जना आइसियुमा र एकजना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। यसअघि बिहीबार आइसियु र भेन्टिलेटरमा रहने संक्रमितको संख्या ३१० जना थियो।

यस्तै, देशभर हाल ३ हजार ९३३ जना कोरोना संक्रमित होम आइसोलेसनमा छन्।

७ हजार ९२ कुल सक्रिय संक्रमितमध्ये ३ हजार ७१० जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बाँकी ३ हजार ३८२ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।

होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। बागमती प्रदेशमा मात्र एक हजार ७२९ जना संक्रमित होम आइसोलेसनमा छन्।

प्रदेश १ मा १२८, प्रदेश २ मा ३१, गण्डकी प्रदेशमा ५५९, लुम्बिनी प्रदेशमा ७२७, कर्णालीमा ९८ र सुदूरपश्चिममा ४३८ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

यसअघि बिहीबार ३ हजार ९३३ जना संक्रमित होम आइसोलेसनमा थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *