३ सय २७ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २९ मंसिर

देशभर हाल ३ सय २७ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय ७३ जना आइसियु र ५४ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ३५ आइसियु र ३ भेन्टिलेटरमा, प्रदेश २ मा ८ आइसियु र १ भेन्टिलेटरमा बागमती प्रदेशमा १ सय ९ आइसियु र ३० भेन्टिलेटरमा, गण्डकीमा ७१ आइसियु र १० भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ३५ आइसियु र ३ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा ५ जना आइसियु र ४ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा १० आइसियु र ३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। यसअघि आइतबार आइसियु र भेन्टिलेटरमा रहने संक्रमितको संख्या ३ सय ४६ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *