७३४० जना कोरोना संक्रमित होम आइसोलेसनमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २९ मंसिर

देशभर ७ हजार बढी कोरोना संक्रमित होम आइसोलेसनमा छन्। १० हजार ९ सय ५५ कुल सक्रिय संक्रमितमध्ये ७ हजार ३ सय ४० जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार ६ सय १५ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। बागमती प्रदेशमा मात्र ३ हजार ७ सय ८२ जना संक्रमित होम आइसोलेसनमा छन्।प्रदेश १ मा ५ सय ७०, प्रदेश २ मा ७७, गण्डकी प्रदेशमा १ हजार १ सय ९, लुम्बिनी प्रदेशमा ९ सय ४४, कर्णालीमा १ सय २१ र सुदूरपश्चिममा ७ सय ३७ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

यसअघि होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या आइतबार ६ हजार २ सय ३२ जना थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *