शनिबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २७ मंसिर

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ। गत २४ घण्टामा ८ सय ९९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को इलाममा ३, उदयपुरमा १, ओखलढुंगामा ३, झापामा २९, भोजपुरमा १, मोरङमा ८, संखुवासभामा ३ र सुनसरीमा २० जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धुनषामा ४, पर्सामा १, बारामा १, महोत्तरीमा ५, सप्तरीमा ५, सर्लाहीमा २ र सिरहामा ३ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ३ सय ८१ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ९, चितवनमा ३, दोलखामा ३, धादिङमा १०, नुवाकोटमा ३, भक्तपुरमा ३२, मकवानपुरमा १४, रसुवामा ३, ललितपुरमा ६९ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ६९, गोरखामा ३, तनहुँमा २०, नवलपरासी पूर्वमा २०, पर्वतमा २, बागलुङमा १ र स्याङजामा ३ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५, कपिलवस्तुमा १०, गुल्मीमा २, दाङमा ९, नलवपरासीमा २, पाल्पामा ७, प्यूठानमा ४, बर्दियामा ११, बाँकेमा ३३, रोल्पामा १ र रुपन्देहीमा २१ जनामा कोरोना पाइएको छ।

कर्णाली प्रदेशको सल्यानमा १ र सुर्खेतमा ७ जनामा कोरोना भेटिएको छ।

यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा २३, कञ्चनपुरमा ३, कैलालीमा ४, डडेल्धुरामा ७, डोटीमा १, बझाङमा ३ र बैतडीमा ६ कोरोना भेटिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *