काठमाडौं उपत्यकामा ५४१ संक्रमित थपिए,५ जना संक्रमितको मृत्यु 

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २६ मंसिर

पछिल्लो २४ घण्टामा काठमाडौं २३६  महिला र ३०५ पुरुष गरी ५४१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १४ हजार ९५० जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ४०२ , ललितपुरमा १०५ र भक्तपुरमा ३४ जनालाई  कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा ३ र ललितपुमा २ जना गरी ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हालसम्म काठमाडौंमा मात्र ९२ हजार ३०७ जना संक्रमित भएका छन्, जसमध्ये ४३५ जनाको मृत्यु भएको छ। हालसम्म ८७ हजार ३१८  जना निको भएका छन्। ललितपुरमा १४ हजार २४८ जना संक्रमित भएका छन्। जसमा १३१ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १३ हजार १७३ जना निको भएका छन्। भक्तपुरमा ८ हजार ३९५ संक्रमितमध्ये ९७ जनाको मृत्यु भएको छ। हालसम्म ७ हजार ९११ जना निको भएका छन्।

आज काठमाडौमा ४ हजार ५५४, ललितपुरम ९४४ र भक्तपुरमा ३७८ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर १ हजार ४४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ।  २४ घण्टामा १ हजार २७१ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या २ लाख ३२ हजार  ८७२ पुगेको छ।

आज देशभर १२ हजार १४८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा मृत्यु हुने संक्रमितको सख्ंया १ हजार ६७४ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *