३ सय ६० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २६ मंसिर

देशभर हाल ३ सय ६० जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। ३ सय १० जना आइसियु र ५० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ३७ आइसियु र ७ भेन्टिलेटरमा, प्रदेश २ मा ६ आइसियु र २ भेन्टिलेटरमा, बागमती प्रदेशमा १ सय १६ आइसियु र २५ भेन्टिलेटरमा छन्।

गण्डकीमा ८४ आइसियु र ९ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५३ आइसियु र ३ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा ७ जना आइसियु र २ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा ७ आइसियु र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *