नेपालमा मृत्यु हुने कोरोना संक्रमित १५ सय नाघे, आज २९ संक्रमितको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

काठमाडाैं, १५ मंसिर

 

नेपालमा कोरोना संक्रमित मृतकको संख्या १५ सय नाघेको छ। गत २४ घण्टामा २९ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार २५ जना संक्रमितको मृत्यु भएको थियो।

एकै दिन १ हजार ४ सय ७४ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ।गत २४ घण्टामा ९ हजार ९ सय ११ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १७ लाख ३७ हजार ७ सय ४७ पुगेको छ। हाल ५ सय ३५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *