२४ घण्टामा १९३१ जना कोरोना संक्रमित संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १५ मंसिर

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै नेपालमा २ लाख १४ हजार ५ सय २१ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार ९१ दशमलब ९ प्रतिशत संक्रमित निको भएर घर फर्किसकेका छन्।

मन्त्रालयका अनुसार ९ हजार ९ सय ११ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १७ लाख ३७ हजार ७ सय ४७  जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ५ सय ३५ जना क्वारेन्टाइनमा छन्। नेपालमा १७ हजार ४ सय ३२ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *