पर्यटक आकर्षित गर्दै बराह ताल, तालबाटै दर्जनौं हिमालको अवलोकन

समाचार

राङडोल लामा २०७५ असार २३

काठमाडौं । काठमाडौं देखी बागलुङ हुँदै करिब ११ घण्टाको लामो यात्रा पार गरे पछि बुङगा दोभानमा पुग्न सकिन्छ । भएरबुङगासम्म आईपुग्न काठमाडौंबाट करिब ३ सय ७० किलोमिटर गाडीको यात्रालाई पार गर्नु पर्ने हुन्छ । गाडीको यात्रा बाहेक करिब साढे २ घण्टाको उकालो पैदल यात्रा तय गर्दै बराहतालबाट उत्तर पुर्वमा धौलागिरी, पुर्वमा माछापुच्छ«े, अन्नपुर्ण, चुरे तथा निलगिरी लगायतका हिमालको अवलोकन गदै पर्यटकले आन्नद लिन सकिन्छ । बराहताल आउनु अघि स्थानीयको न्यानो स्वागत सँगै स्थानीय रहन सहन, संस्कृति परम्पराले यहाँ आउने पर्यटकको मन लोभ्याउने गर्दछ । बाह्य तथा आन्तरिक पर्यटकले यहाँबाट विशेष गरी स्थानीय परिकारसँगै टिम्बुर तथा सिस्नोको दालको स्वाद चाख्न सकिन्छ । यहाँको संस्कृतिसँगै जोडीएको महत्वपूर्ण सिद्द बराही मन्दीर रहेको छ । तालसँगै रहेको मन्दीरमा हरेक बैशाख १ गते ठुलो मेला लाग्ने गरेको स्थानीयहरु बताउँछन । यस क्षेत्रको विशेष रुपमा रहेको श्री सिद्द बराह मन्दीरमा भाकल गरे पछि सोचेको सबै कुरा पुग्ने भएकाले यहाँका मानिसहरुले विशेष पुजाआजा गर्ने गर्दछ । ‘२ बर्ष पहिला भाईको छोराले त्यही मन्दीरमा भाकल गरे पछि अहिले अष्ट्रलिया पुगेको छ,’ ममबहादुर विकले भने । यहाँ लाग्ने मेला भर्न पोखरा, बागलुङ, म्याग्दी, गुल्मी, रुकुम रोल्पा लगायतका क्षेत्रबाट समेत भक्तजनहरु आउने गरेको स्थानीय चुँडामणि छन्त्यालले बताएका छन । न्वारानमा सोह्रठी नाच ‘हजेरु पायौं समयरास भिरमाले हो बा दुले हेए ए बा दुले हो साँखे निरमाले हो बा दुले हो हे’ । यो गीत विशेष गरी बच्चा जन्मेको छैटौं दिनमा गाईने अर्थात न्वारानमा जाने आफन्तले गीत गाएर बच्चाको स्वस्थ्य राम्रो होस भन्दै आशिर्बाद दिने गरेको स्थानीयको भनाई रहेको छ । दलीत समुदायको बर्चश्व रहेतापनि उक्त ठाउँमा मगर तथा छन्त्यालहरुको पनि त्यतिकै बर्चश्व रहेको छ । यहाँको महत्वपूर्ण मानिने संस्कृतिमा सोह्रठी नाच विशेष रहेको छ । सोह्रठी नाचको संरक्षण तथा समर्वद्धनमा पछिल्लो समयका युवाहरुको विशेष चासो रहेको सजिलै अनुमान लगाउन सकिन्छ । स्थानीय ज्येष्ठ नागरिक हुमबहादुर छन्त्यालका अनुसार सोह्रठी नाचको गीत आफुहरुलाई बुबाहरुले नसिकाए पनि उनिहरुले गाएको देखेर नै आफुहरुले सिकेको र नाचलाई निरन्तर दिएको बताउँछन । गीतमा विभिन्न देवी देउताको नाम पुकारेर बच्चालाई आशिर्बाद दिने गरिन्छ । जन्मेको छैटौं दिनमा भगवानले बच्चाको भबिश्य लेख्ने भएकाले न्वारानमा देवी देउताको नाम पुकारर्दै सोह्रठी गीत गाउने र नाच्ने चलन रहेको छन्त्यालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *