सोमबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १५ मंसिर

प्रदेश १ को इलाममा ५, उदयपुरमा १०, झापामा ४९, ताप्लेजुङमा २४, धनकुटामा ४, पाँचथरमा २, भोजपुरमा १, मोरङमा ८२, संखुवासभामा ४, सोलुखुम्बुमा ४ र सुनसरीमा ५० जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धुनषामा १४, बारामा ३, महोत्तरीमा १, रौतहटमा ३, सप्तरीमा १२, सर्लाहीमा ४ र सिरहामा ७ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय १५ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २९, चितवनमा ३७, दोलखामा २, धादिङमा १०, नुवाकोटमा ६, भक्तपुरमा ६९, मकवानपुरमा २४, रामेछापमा ४, ललितपुरमा १ सय २५, सिन्धुलीमा १ र सिन्धुपाल्चोकमा १० जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २९, गोरखामा १६, तनहुँमा २, नवलपरासी पूर्वमा १२, पर्वतमा १, म्याग्दीमा १०, लमजुङमा ३, वागलुङमा १ र स्याङजामा १२ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा ४, गुल्मीमा ३, दाङमा ४९, नलवपरासीमा ५, पाल्पामा ७, प्यूठानमा ४, बर्दियामा १, बाँकेमा ८, रोल्पामा १ र रुपन्देहीमा ३६ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा ४, जुम्लामा ३, दैलेखमा ५, रुकुम पश्चिममा १, सल्यानमा ५ र सुर्खेतमा २४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेशको अछाममा ४, कञ्चनपुरमा १, डडेल्धुरामा २, डोटीमा १ र बाजुरामा ५ जनामा कोरोना भेटिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *