गाईजात्रा पर्व धुमधामसँग मनाइयो

कला/साहित्य मनोरञ्जन समाचार

मुना मुसिख्वाल,
भक्तपुर, २ भाद्र


गाईजात्रा पर्व नेवार समुदायका एउटा महत्वपूर्ण पर्वहरुको रुपमा लिने गरिन्छ । यो पर्व विशेष त भक्तपुरका नेवार समुदायले मनाउने गर्दछन् । वर्ष दिनमा दिवगत परिवारका सदस्यका सम्झनमा यो पर्व मनाउने गरिन्छ । यसरी दिवगत भएका मानिसहरुको गाइ बनाई शहर परिक्रमा गराउदा बैकुण्ठमा प्रवेश गर्ने धारणा रहेको छ । यो प्रचलन प्राचीन समयमा राजा प्रताप मल्ले प्रचलनमा ल्याएका हुन् । प्राचीन समयमा राजा प्रताप मल्लका छोराको मृत्यृका कारण रानीले धेरै शोकमा परेको हुनाले राजा प्रताप मल्लले रानीको शोक कम गर्न वर्ष दिनमा आप्mनो राज्यमा दिवगत भएका मानिसहरुको गाई बनाई शहर परिक्रमा गर्नु भनी यो जात्रा शुरु भएको अनुमान गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *