न्यूज अपडेट
काठमाडाैं, ८ मंसिर

मन्त्रालयको तथ्यांक अनुसार ६३ जना भेन्टिलेटरमा र ३ सय ६५ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १४४ जना आइसियु र ३४ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५८ जना आइसियु र ३ जना भेन्टिलेटरमा, प्रदेश १ मा ५२ जना आइसियु र ११ जना भेन्टिलेटरमा र प्रदेश २ मा ९ आइसियु र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै सुदुरपश्चिममा ४ आइसियु, गण्डकी प्रदेशमा ८६ आइसियु र १४ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा १२ आइसियु उपचाररत रहेका छन्।
आइतबार ४ सय २५ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत रहेका थिए।
नेपालमा २ लाख २२ हजार २ सय ८८ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। जसमध्ये २ लाख २ हजार ६७ जना निको भएर घर फर्किसकेका छन् भने १ हजार ३ सय ३७ जनाको मृत्यु भएको छ।