कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या ५ करोड ८५ लाख, यस्तो छ सार्क राष्ट्रको तथ्यांक

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ८ मंसिर

विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ८५ लाख नाघेको छ।  सोमबार  बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ५ करोड ८५ लाख  ४२ हजार १ सय ७४ जना संक्रमित भएको तथ्यांक रहेको छ।

अमेरिकामा संक्रमितको संख्या एक करोड २२ लाख २४ हजार ३ सय २२ पुगेको छ। त्यस्तै भारतमा ९० लाख ९५ हजार ८ सय ६, ब्राजिलमा ६० लाख ५२ हजार ७ सय ८६ र रुसमा २० लाख ७१ हजार ८ सय ५८  जनामा  ंसंक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।

त्यस्तै पछिल्लो तथ्यांक अनुसार १३ लाख ८६ हजार ४ सय ५४ जना कोरोना संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।

अमेरिकामा २ लाख ५६ हजार ७ सय ४१,  ब्राजिलमा १ लाख ६९ हजार १ सय ८३, मेक्सीकोमा एक लाख ८ सय २३, बेलायतमा ५५ हजार १ सय २०, इटालीमा ४९ हजार ८ सय २३ जनाको मृत्यु भएको छ ।

विश्वभर तीन करोड ७४ लाख ३० हजार ८ सय ४६ जना संक्रमणमुक्त भएका छन्।

सोमबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ५४ लाख ५७ हजार ९ सय ७३, अमेरिकामा ४५ लाख २६ हजार ५ सय १३, रुसमा १५ लाख ८२ हजार ७ सय ६८ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि  दुई लाख २० हजार ३ सय ८  जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एक लाख ९९ हजार २४ जना संक्रमणमुक्त भएका छन् भने एक हजार ३ सय  २१ जनाको मृत्यु भएको छ।

भारतमा संक्रमितको संख्या ९० लाख ९५ हजार ८ सय ६ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख ३३ हजार २ सय २७ पुगेको छ। भारतमा हालसम्म ८५ लाख २१ हजार ६ सय १७ जना  संक्रमित संक्रमणमुक्त भएका छन्।

पाकिस्तानमा हालसम्म ३ लाख ७४ हजार १ सय ७३ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ७ हजार ६ सय ६२ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख २९ हजार  ८ सय २८ जना उपचारपछि निको भएका छन्।

बंगलादेशमा कोरोना संक्रमितको संख्या ४ लाख ४७ हजार ३ सय ४१ पुगेको छ। बंगलादेशमा हालसम्म ६ हजार ३ सय ८८ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा  ३ लाख ६२ हजार ४ सय २८ छ।

अफ्गानिस्तानमा संक्रमितको संख्या ४४ हजार ७ सय ६ पुगेको छ। अफगानिस्तानमा १ हजार ६ सय ८७ जनाको मृत्यु भइसकेको छ भने ३५ हजार ९ सय ३४ जना उपचारपछि निको भएका छन्।

माल्दिभ्समा संक्रमितको संख्या १२ हजार ६ सय ८ जना रहेको छ। मृत्यु हुनेको संख्या ४६ छ भने उपचारपछि निको हुनेको संख्या ११ हजार ५ सय ९९ पुगेको छ ।

श्रीलंकामा संक्रमितको संख्या २० हजार १ सय ७१  जना  रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ८७ छ भने निको हुनेको संख्या १४ हजार ६९ रहेको छ।

भुटानमा संक्रमितको संख्या ३७९ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३६० छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *