२६ हजार ४२१ जना संक्रमित होम आइसोलेसनमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमडाैं, ३ मंसिर

देशभरी कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।

बिहीबार  २८ हजार ८ सय ७८  जना संक्रिय संक्रमित मध्य २६ हजार ४ सय २१ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १७ हजार ७ सय ९० जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा  ४ हजार ३ सय ४३, प्रदेश २ मा ६५६, लुम्बिनी प्रदेशमा १८९६, सुदूरपश्चिम प्रदेशमा ९८५, गण्डकी प्रदेशमा १८५७ र कर्णाली प्रदेशमा १९४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *