एउटै गाउँका ५० किसान लसुन खेतीमा

समाचार

रुकुम, १० मंसिर


मुसीकोट नगरपालिका १० का एउटै गाउँका ५० परिवार लसुन खेती सुरु गरेका छन् । वर्षौदेखि गहुँ लगाउँदै आएका किसानहरु ऋाफ्नो खेतबारीमा लसुन खेतीमा लागेका हुन् । कम लगानी, परिश्रमबाट राम्रो कमाई हुने भएपछि यहाँका किसाहरु व्यवसायी रुपैमा लसुन खेतीमा लागेका छन् । मुसीकोट नगरपालिका–१० खड्काटोलका झुपलाल खड्काले यसपटक लसुन लगाएका छन् । उनले गहुँ छर्ने खेतमा ४ क्युटल लसुनको बीउ रोपेका छन् । परम्परागत खेती गहुँका तुलनामा तेब्बर वढी आम्दानी हुने भएपछि गहुँखेती छोडेर लसुन खेतीमा लागेको उनले बताए ।
चौखावाङकै एक्कबहादुर खड्काले पनि आफ्नो बारीमा लसुन खेती गरेका छन् । उनले आफ्नो बारीमा डेढ क्विन्टल लसुन लगाएको बताएका छन् । झुपलाल र एक्कबहादुर जस्तै यस गाउँका ५० बढी किसानले व्यावसायिक रूपमा लसुन खेती थालेका छन् ।
गाउँ सम्म सडक पुगेपछि गाउँमा उत्पादन भएको लसुनले बजार पाएपछि यसपटक गाउँका किसानहरु ल्सुन खेतीमा लागेको जनाएको छ । १० नम्बर वडाका विभिन्न टोलमा लसुनखेती विस्तार भएको छ । लसुनबाट राम्रो आम्दानी हुने भएपछि किसान व्यावसायिक खेतीमा लागेका व्यवसायी किसान एक्कबहादुर खड्काले बताए । यो वर्ष मात्रै १० नम्बर वडाका विभिन्न टोलमा ७० क्विन्टल बीउ लगाइएको छ ।
किसान आफै र वडाले अनुदानमा दिएको बीउ लगाइएको हो । यो वर्ष १० नम्बर वडा कार्यालयले २२ क्विन्टल बीउ किसानलाई अनुदानमा वितरण गरेको थियो । ७५ प्रतिशत अनुदानमा किसानले लसुनको बीउ पाएका थिए । वडा कार्यालयले खरिद गरेर किसानलाई वितरण गरेको हो । वडा कार्यालयले दिएको २२ क्विन्टल र अरू किसान आफैंले उत्पादन गरेको बीउ लगाइएको छ । ‘सबै मिलेर लसुन खेती बढाएका छौं ।
बजार पाएसम्म लसुनबाट घाटा नहुने भन्दै किसानहरुको व्यवसायी रुपमै लागेका हुन् । राम्रो उत्पादन हुने भएपछि यो वर्षदेखि आफूले पनि लसुन खेती बढाएको खड्काले बताए । यो वर्ष वडाका खड्काटोल, गलमपाटीटोल, चौरटोल र दलित नमुना टोलमा लसुनको खेती विस्तार भएको छ । लसुन पकेट क्षेत्र बनाउने उद्देश्यले यो वर्षदेखि लसुन खेती गर्ने किसान, जग्गा तथा परिमाण बढाइएको वडासदस्य धनबहादुर खड्काले बताएका छन् ।
किसानको हौसलाका लागि सुलभ मूल्यमा बीउसमेत अनुदान दिइएको उनको भनाइ छ । अघिल्लो वर्ष किसानले ८० रुपैयाँ प्रतिकिलो लसुन बिक्री गरेको थियो । किसानले बीउका साथै चिस्यान केन्द्रको पनि माग गरेका छन् । लसुन लामो समय राख्दा तौल घट्ने, उम्रने तथा कुहिन समस्या भएकाले खेती विस्तारसँगै चिस्यान केन्द्रको स्थापनाको लागि पहल गर्ने वडाध्यक्ष गोपेश्वर केसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *