मंगलबार ३११२ जनाको पिसिआर परीक्षण हुँदा ५०२ जनामा कोरोना संक्रमण

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २ मंसिर

पछिल्लो २४ घण्टामा देशभर ५०२ जना कोरोना संक्रमित का छन्। संक्रमितको संख्या २ लाख  ११ हजार ४७५  पुगेको छ।

पछिल्लो २४ घन्टामा देशभर जम्मा ३११२ जनाको पिसिआर परीक्षण भएको थियो। जसमध्ये ५०२ जनाको पोजिटिभ आएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ८७८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त  हुनेकाे संख्या १ लाख ७९ हजार २४२ पुगेको छ।

आज देशभर ३० हजार ९८६ जना सक्रिय संक्रमित छन्। आज देशभर १७ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार २४७ जना संक्रमितको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २८९, ललितपुरमा ३८ र भक्तपुरमा १२ जनालाई  कोरोना संक्रमण देखिएको छ।

यो सहित काठमाडौं उपत्यकामा संक्रमितको संख्या ९७ हजार ५५२ पुगेको छ।

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।

मंगलबार ३० हजार ९ सय ८६ जना सक्रिय संक्रमितमध्ये २८ हजार २ सय ७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ७ सय ३५ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा ३ हजार ४ सय २, प्रदेश २ मा ६८४, लुम्बिनी प्रदेशमा २२०३, सुदूरपश्चिम प्रदेशमा १००५, गण्डकी प्रदेशमा १९६५ र कर्णाली प्रदेशमा २१३ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

देशभर ३ सय ५६ सय जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३८ जना भेन्टिलेटरमा र ३ सय १८ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १०३ जना आइसियु र २२ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६४ जना आइसियु र ४ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४३ जना आइसियु र ७ जना भेन्टिलेटरमा र प्रदेश २ मा १६ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ५ आइसियुमा र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ७८ आइसियु र २ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ आइसियु उपचाररत रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *