काठमाडौं उपत्यकामा ५०१ कोरोना संक्रमित थपिए

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १ मंसिर

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५०१ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३७३ ललितपुरमा ८४ र भक्तपुरमा ४४ जनालाई  कोरोना संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार १९७ जना संक्रमित भएका छन्। संक्रमितको संख्या २ लाख  १० हजार ९७३  पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ९३४ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ७६ हजार ३६४ पुगेको छ।

आज देशभर ३३ हजार ३७९ जना सक्रिय संक्रमित छन्। आज देशभर ९ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार २३० जना संक्रमितको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *