थप २९३४ जना कोरोना संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १ मंसिर

पछिल्लो २४ घण्टामा २ हजार ९३४ जना कोरोना संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न स्थानका संस्थागत तथा होम आइसोलेसनमा रहेका उनीहरू संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। योसँगै नेपालमा १ लाख ७६ हजार ३६४ जना निको भएका छन्।

नेपालमा आज थप १ हजार १९७ भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
नेपालमा हालसम्म १६ लाख १३ हजार ९११ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा १ हजार १३ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ३३ हजार ३ सय ७९ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा नेपालमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १२३० पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *