जनस्वास्थ्य सेवा केन्द्रले मनाए विश्व मधुमेह दिवस

विचार विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट
भक्तपुर, २९ कात्तिक


भक्तपुर नगरपालिकाबाट सञ्चालित जनस्वास्थ्य सेवा केन्द्र च्याम्हासिंहको आयोजनामा मधुमेह रोगमा नर्सको भूमिका विषयमा केन्द्रीत भई अनलाइन जुममार्फत विश्व मधुमेह दिवस मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं ख्वप बहुप्राविधिक अध्ययन संस्थान व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सैद्धन्तिक रुपमा राम्रा डक्टर र नर्सको व्यवहार नरम्रो भएपछि धेरैजसो मानिसले मन नपराउने भएकाले दुवै तर्फ राम्रो बन्नुपर्ने बताए ।

उनले माटोघाटो मान्छेसँग धेरै थरिका रोग लाग्ने भएकाले सन्तुलित आहारसँगै बस्नुपर्ने बताए । त्यसका लागि नगरपालिकाले नगरका १० वटै वडा र स्कुल कलेजहरुमा समेत व्यायामशालाको बस्दोबस्त गरिएको उनको भनाइ छ । निरोगी बनाउनु र स्वस्थ राख्नु नगरपालिकाको पहिलो कर्तब्य ठानी काम गरिरहेको उनले स्पष्ट पारे । भक्तपुर नगरपालिकाले भक्तपुर मात्रै होइन राष्ट्रिय महत्वका सम्पदाहरुको संरक्षणमा लागिरहेको र ऐतिहासिक रानीपोखरीलाई पुरानै शैलीबाट बनाउन योगदान गरेको उनले स्पष्ट पारे । त्यस्तै उनले हाम्रो उद्देश्य राम्रो छ भने केही मान्छेले विरोध गर्दैमा पछि हटन नहुने कुरा बताउँदै भक्तपुर नगरपालिकाको कार्यमा अनावश्यक आलोचना गरेहरु र खेदो खन्ने मान्छे पनि रहेको बताए । अल्पज्ञान विनाशकारी हुने भन्दै उनले सबै मान्छेले सबै कुरा जानेको हुँदैन, राम्रोसँग जानेपछि बुझेपछि त्यसको प्रयोग गरे अझ राम्रो हुने औंल्याए ।


कार्यक्रमका प्रशिक्षक डा सत्यनारायण सुवालले मधुमेह रोग लाग्नुका कारण, लक्षण र उपचार विधिबारे स्पष्ट पार्दै उनले नियमित रुपमा मधुमेह रोगको परीक्षण गरे गराएमा र चिकित्सकको सल्लाह सुझाव लिएर सन्तुलित खाना, व्यायाम, योगलगायतको पद्धतिको उपयोग गर्ने गरेमा मधुमेह र उच्चरक्तचापमा कमी आउने बताए ।


कार्यक्रम सञ्चालक एवं ख्वप बहुप्राविधिक अध्ययन संस्थानको प्राचार्य डा.रत्नसुन्दर लासिवाले नगरभित्र मधुमेह तथा उच्चरक्तचाप न्यूनीकरण गर्नका लागि टोलटोलमै स्वास्थ्य स्वयमसेवी तथा नर्सहरु राखेर परामर्श केन्द्र राख्ने जानकारी दिए । साथै उनले मधुमेह रोग विश्वभरि नै रहेको भएर पनि हामी नगरपालिकाबाट न्यूनीकरण गर्न गराउन विभिन्न स्वास्थ्यवद्र्धक कार्यक्रमहरु राखिरहेको बताए । उनले दम तथा स्वासप्रश्वास सम्बन्धी यही मंसिर ३ गते विहान ११ बजे डा. सन्तकुमार दासबाट प्रवचन हुने जुम कार्यक्रममा पनि सहभागिताका निम्ति अनुरोध गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *