भक्तपुर नगरपालिकाको बजेट तर्जुमासम्बन्धी महिला भेला

विशेष समाचार समाचार
भक्तपुर, १९ जेठ
भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को बजेट तर्जुमासम्बन्धी नगरबासीहरूसँग राय सुझाव संकलन गर्ने क्रममा शुक्रबार महिला भेला सम्पन्न ग¥यो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले बजेट बनाउन नगरबासीहरूको राय–सुझावअनुसार बजेट विनियोजन गर्न प्राथमिकता छुट्याउने प्रचलनअनुसार नगरबासी महिलाहरूसँग राय सुझाव संकलन गर्न कार्यक्रम राखेको प्रस्ट गर्दै नगरपालिकाको सीमित बजेटलाई प्राथमिकताको आधारमा अधिकत्तम सदुपयोग हुने गरी विनियोजन गर्न उचित राय सुझाव दिनुहुन आग्रह गरे ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले समाजको तीव्र विकासको लागि महिला सशक्तिकरणको आवश्यकता औंल्याउँदै भक्तपुर नपाबाट प्रदान गर्दै आएका विभिन्न स्वास्थ्य सेवासम्बन्धी जानकारी गराए ।
कार्यक्रममा सहभागी नगरबासी महिला दिदीबहिनीहरूले महिलाहरूको ज्ञान वृद्धि गर्ने ऐन–कानुनबारे कक्षा सञ्चालन, महिला हिंसा रोक्न आत्मरक्षाको तालिम, प्रौढ कक्षा सञ्चालन, थाइराइड रोगको स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने, कुहिने–नकुहिने फोहर संकलनको लागि महिला लक्षित जनचेतना कार्यक्रम सञ्चालन, आकासे पानी शुद्धिकरण र संकलनबारे तालिम, घरदैलो नर्सिङको लागि गुल्कोमिटर उपलब्ध गराउनुपर्ने, छाडा चौपाया व्यवस्थित गर्नुपर्ने, व्यवस्थित वधशाला र तरकारी बजार व्यवस्था, ज्येष्ठ नागरिकको लागि आदरनिकेत र स्याहार केन्द्र, संघ संस्था र सार्वजनिक निकाय अपांगमैत्री हुनुपर्नेलगायतको सुझाव दिए । कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *