२४ घन्टायता २३४९ जना कोरोना संक्रमित संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २७ कात्तिक

पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ४९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यो सँगै नेपालमा  १ लाख ६४ हजार ५ सय ९२ जना संक्रमित  उपचारपछि निको भएका छन्।
आज १० हजार २२ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १५ लाख ८४ हजार ३ सय १७ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ९ सय ७४ जना क्वारेन्टाइनमा छन्।  नेपालमा ३८ हजार ४ सय ६१ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *