कोरोनाको लक्षण भएकाको उपचार र परीक्षण सरकारी अस्पतालमा नि:शुल्क : स्वास्थ्य मन्त्रालय

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २६ कात्तिक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा कोरोना परीक्षण निशुल्क गर्ने भएको छ।

मन्त्रालयले सबै अस्पतालमा कोरोना परीक्षण र उपचार सशुल्क गरेपछि सर्वोच्च अदालतमा मुद्धा दायर भएको थियो।

सर्वोच्च अदालत कोरोना परीक्षण र उपचार नि:शुल्क गर्न आदेश दिएपछि मन्त्रालयले निर्णय परिमार्जन गर्दै कोरोनाको लक्षण वा चिन्ह भएका व्यक्तिको परीक्षण र उपचार नि:शुल्क गर्ने निर्णय गरेको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौमतले परीक्षण र उपचारका सूचीकृत प्रयोगशाला वा सरकारी अस्पतालमा कोरोनाका लक्षण देखिएका व्यक्तिको परीक्षण र उपचार निशुल्क गरिने जानकारी दिए।

मन्त्रालयले उल्लेखित लक्षण वा चिन्ह देखिएका व्यक्तिले कुनै बिमा कम्पनीबाट कोरोना बिमा गरेको खण्डमा परीक्षण र उपचार शुल्क बिमा रकमबाट व्यहोरिने जनाएको छ।

प्रवक्ता गौतमले उपचार शुल्क तिर्न सक्षम र योगदान गर्न चाहने व्यक्तिले सशुल्क परीक्षण र उपचार गर्न सक्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *