थप ११ संक्रमितको मृत्यु, मृतकको संख्या १७८८ पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट

काठमाडाैं, ५ मंसिर

नेपालमा एकै दिन थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार १२ जना संक्रमितको मृत्यु भएको थियो।

एकै दिन ५ सय ८८ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको छ। कुल संक्रमितमध्ये ८ हजार ३ सय २० जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ४ हजार ६ सय २० जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ७० हजार ८ सय ३० पुगेको छ। हाल ४ सय २१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *