२४ घण्टामा ११६६ जना कोरोना संक्रमित संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २६ कात्तिक

पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ६६  जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यो सँगै नेपालमा  १ लाख ६२ हजार २ सय ४३ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार संक्रमणमुक्त हुने दर ८१ दशमलभ २ रहेको छ।

आज १० हजार ८१ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १५ लाख ७४ हजार २ सय ९५ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार एक हजार १ सय ९ जना क्वारेन्टाइनमा छन्।  नेपालमा ३८ हजार ९ सय १२ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *