उपत्यकामा आजदेखि दिउँसो टिपर निषेध, टाइम कार्ड लागू

समाचार

भक्तपुर १ साउन ।  आजबाट भक्तपुरको जगातीदेखि कोटेश्वरसम्म टाइम कार्ड लागू भएको छ । उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौंको कोटेश्वरसम्म टाइम कार्डको लागू गरेको हो ।

पछिल्लो समयमा टिपरका कारण भएका सवारी दुर्घटनामा व्यक्तिको ज्यान जाने क्रम बढेपछि सरकारले यस्तो निर्णय गरेको हो । टाइम कार्ड लागू भएपछि ट्रक, टिपर, भ्यानलगायतका सवारीसाधन भने प्रतिघण्टा ४० किलोमिटरको गतिमा गुड्नुपर्ने भएको छ ।
यस्तै महाशाखाले आजदेखि नै जगाते–कोटेश्वर सडक खण्डको बाँयातर्फ मालबाहक र सार्वजनिक सवारीसाधन तथा दायाँतर्फ मोटरसाइकल, कार, ट्याक्सी, पर्यटकीय बस, कूटनीतिक नियोगका बस सञ्चालन गर्ने पूर्व योजना अनुरुप काम थालेको छ ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जगाती–कोटेश्वर क्षेत्रमा तीव्र गतिका कारण धेरै दुर्घटना हुने गरेपछि उक्त निर्णय गरेको बताउँछन् । महाशाखाले अहिले टाइम कार्ड जगाती–कोटेश्वर क्षेत्रको ९.७ किलोमिटर क्षेत्रमा लागू गरेको छ । पछिल्लो समय उपत्यकाको ट्राफिक व्यवस्थापनलाई ध्यानमा राख्दै गृह मन्त्रालयले राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्र टिपर चलाउन दिने व्यवस्था गृह मन्त्रालयले गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *