आज उपत्यकामा १२६१ जना कोरोना संक्रमित थपिए

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २६ कात्तिक

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २ सय ६१  जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९ सय ७६, ललितपुरमा २ सय ४ र भक्तपुरमा ८१ जनालाई  कोरोना संक्रमण देखिएको छ।

आज देशभर २ हजार ५ सय ६९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख २ हजार ३ सय २९ पुगेको छ।

२४ घण्टामा १ हजार ६ सय ६६ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या १ लाख ६२ हजार २ सय ४३ पुगेको छ।

आज देशभर २६ संक्रमितको मृत्यु भएको छ। हालसम्म मृत्यु हुने संक्रमितको संख्या १ हजार १ सय ७४ पुगेको छ।

आज देशभर ३८ हजार ९ सय १२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *