देशभर ३० हजार ९२४ जना स्रक्रमित होम आइसोलेसनमा 

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १७ कात्तिक

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।

सोमबार ३७ हजार ५ सय २४ जना संक्रिय संक्रमित मध्य ३० हजार ९ सय २४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार २ सय ३३ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा  ५ हजार ८  सय ९७, प्रदेश २ मा १ हजार ४६, लुम्बिनी प्रदेशमा  ३ हजार ८६, सुदूरपश्चिम प्रदेशमा ८५४, गण्डकी प्रदेशमा १३५९ र कर्णाली प्रदेशमा ४४९ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *