देशभर ४ सय २१  जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत 

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १७ कात्तिक

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ४७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार ७८ जना भेन्टिलेटरमा र ३४७ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १८० जना आइसियु र ४७ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४५ जना आइसियु र ६ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३८ जना आइसियु र १२ जना भेन्टिलेटरमा र  प्रदेश २ मा १० आइसियुमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ५ आइसियु र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ६४ आइसियु र ८ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ५ आइसियु उपचाररत रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *