नेपालमा करिब १ लाख बढी दृष्टिविहीन

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २२ असाेज

विश्व दृष्टि दिवसको अवसरमा तिलगंगाले ३ सय जनाको मोतिविन्दुको नि:शुल्क शल्यक्रिया गर्ने

नेपालमा करिब १ लाख बढी मानिस दृष्टिविहीन रहेको पाइएको छ। विश्व दृष्टि दिवसको अवसरमा तिलगंगा आँखा प्रतिष्ठानले नेपालमा करिब १ लाख ५ हजार मानिस दृष्टिविहीन रहेको तथ्यांक सार्वनजिक गरेको छ।

१० लाख २५ हजार मानिसमा उच्च तथा मध्यम खालको दृष्टिदोषको समस्या छ। जसमध्ये करिब ६० प्रतिशत न्यून दृष्टि महिलामा रहेको अस्पतालले जनाएको छ। तथ्यांक अनुसार ११ लाख ५० हजार मानिस अन्धोपना वा दृष्टिदोषबाट प्रभावित छन्। अन्धोपनाको ६६ प्रतिशत अन्धोपन उपचार गर्न सकिने र १६ प्रतिशत रोकथाम गर्न सकिने अस्पतालले जनाएको छ।

करिब ३० प्रतिशत मानिसलाई आँखाको समस्या देखिने भएकाले नियमित आँखा जाँच गराउन अस्पतालले सुझाव दिएको छ। अन्धोपनाका मुख्य कारण मोतिविन्दु रहेको तथ्यांकमा उल्लेख छ। मोतिविन्दु र यस सम्बन्धित ६५, आँखाको पर्दाजन्य रोगका कारण १३, आँखाको नानीमा हुने अन्धोपना ६, जलविन्दु ५, दृष्टिदोष ४ प्रतिशत र अन्य कारणले अन्धोपना हुने अस्पतालले जनाएाको छ।

बालबालिका र ४० वर्ष उमेर पुगेको सबैले वर्षको कम्तीमा एक पटक आँखाको परीक्षण गराउनुपर्ने चिकित्सकले सुझाव दिएका छन्। दिवसको अवसरमा प्रतिष्ठानले धादिङ, नुवाकोट, रसुवा, ओखलढुंगा, सिन्धुपाल्चोक, रोल्पा, रामेछाप र दोलखा जिल्लाका ३ सय जना मोतिविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *