स्वास्थ्य संस्था टाढा हुँदा बीच बाटोमै सुत्केरी भइन् २१ वर्षीया मिना

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

जाजरकोट, १७ साउन

जाजरकोटको बारेकोट गाउँपालिका–३ पहाडा मुल्सामकी २१ वर्षीया मिना नेपाली बाटोमै सुत्केरी भएकी छन्।

नेपालीलाई सुत्केरी बेथाले च्यापेपछि प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा लैजाँदै गर्दा बाटोमै सुत्केरी भएकी हुन्।

उनी छ घण्टा हिँडेर प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा आउँदै थिइन्। करिब ६ घण्टा बाटोमा बोकेर ल्याउँदा ल्याउँदै सुत्केरी व्यथाले च्यापेपछि बाटोमै सुत्केरी हुनु परेको हो।

भौगोलिक विकटता, प्रसूतिगृह टाढा हुनु, परिवारको आर्थिक अवस्थालगायत कारण कर्णालीका महिला बाटोमै सुत्केरी हुन बाध्य छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *