देशका विभिन्न अस्पतालमा २७७ जना संक्रमित आइसियु र भेन्टिलेटरमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २२ असाेज

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ सय ७७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार ४२ जना भेन्टिलेटरमा र २३५ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी

बागमती प्रदेशमा १२८ जना आइसियु र ३० जना भेन्टिलेटर, प्रदेश ५ मा ३९ जना आइसियु र ५ जना भेन्टिलेटरमा, प्रदेश १ मा  २९ जना आइसियु र ४ जना भेन्टिलेटरमा र  प्रदेश २ मा १४ आइसियु र ३ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै  गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १९ आइसियुमा उपचाररत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *