देशभर १९११ जना कोरोना संक्रमित थपिए, ७९,७२८ पुगे संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १५ असाेज

पछिल्लो २४ घन्टामा देशभर १९११ जना कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका  प्रयोगशालामा  गरिएको नमुना जाँचमा १९११ जनामा संक्रमण देखिएको हो।

योसँगै संक्रमितको कुल संख्या ७९ हजार ७२७ पुगेको छ।

२४ घण्टामा ९६१ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ।

देशभर ५ हजार ७७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *