पर्सामा १ हप्ताका लागि निषेधाज्ञा, भारतबाट आउनेले अनिवार्य आइसोलेसनमा बस्नुपर्ने

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

वीरगन्ज, १४ बैशाख

कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न पर्सा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ।

जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)को निर्णयानुसार वैशाख १६ गते (बिहीबार)देखि लागू हुने गरी १ हप्ताका लागि निषेधाज्ञा जारी गरिएको हो।

पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले  बिहीबार बिहान ४ बजेदेखि वैशाख २२ गते बुधबार राति १२ बजेसम्मका लागि पहिलो चरणमा निषेधाज्ञा जारी गरिएको जानकारी दिए।

निषेधाज्ञाको समयमा औषधि उपचारसहित अत्यावश्यक बाहेकका कामका लागि घरबाट बाहिर निस्किन र हिँडडुल गर्न नपाइने प्रजिअ घिमिरले बताए।

यस्तै, वीरगन्ज–इनर्वा नाका बाहेक जिल्लाअन्तर्गत पर्ने भारतसँग जोडिएका अन्य नाकाबाट आवात जावतमा पूर्ण रोक लगाइएको छ। इनर्वा नाकाबाट प्रवेश गर्ने व्यक्तिले अनिवार्य स्वास्थ्य परीक्षण गराइ तोकिएका आइसोलेसन वा होम आइसोलेसनमा बस्नुपर्ने छ।

सीमा क्षेत्रबाट प्रवेश गर्ने व्यक्तिका लागि ठाकुरराम बहुमुखी क्याम्पसमा होल्डिङ सेन्टर स्थापना गर्ने र त्यसको व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिने निर्णय भएको छ।

पछिल्लो समय पर्सामा कोरोना संक्रमित बढ्दै गएको छ। कोरोना संक्रमितको उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजलाई समेत सरकारले तोकेको मापदण्ड भित्र रही कोरोना संक्रमितको उपचार गर्न अनुरोध गरिएको पनि प्रजिअ घिमिरेले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *