समाचार स्वास्थ्य

थप १४२ जनामा कोरोना संक्रमण, २३० जना संक्रमणमुक्त
न्यूज अपडेट संवाददाता

काठमाडाैं, १९ भाद्र

 

पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५० जनाको परीक्षणमा १४२ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७५६ जनाको पीसीआर परीक्षण गर्दा ११६ जना र १ हजार ६९४ जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ। यो सँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ५२८ पुगेको छ। पछिल्लो २४ घण्टामा २३० जना संक्रमणमुक्त भएका छन्। २ हजार ३८५ जना होम आइसोलेसनमा रहेका छन् भने १४३ जना संस्थागत आइसोलेसन र ३८ जना आईसीयूमा छन्। यस्तै ४ जनाको भेन्टिलेरमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *