कोरोना अपडेट : ६ लाख भन्दा बढी उपचारपछि निको भए, कुन देशमा कति?

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

कोरोना भाइरसका संक्रमित बिरामी उपचारपछि निको भएर घर फर्किनेको संख्या ६ लाख ४ हजार नाघेको छ।

नेपाली समय अनुसार आइतबार बेलुका ९ बजेसम्म निको भएर घर फर्किनेको संख्या ६ लाख ५ हजार १ सय ७६ पुगेको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार २४ लाख २ हजार ७६ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

अमेरिकामा सबैभन्दा बढी मानिस संक्रमित भएका छन्। अमेरिकामा संक्रमितको संख्या ७ लाख ५९ हजार १ सय ११ पुगेको छ। स्पेनमा १ लाख ९८ हजार ६ सय ७४ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। इटालीमा संक्रमितको संख्या १ लाख ७८ हजार ९ सय ७२ पुगेको छ। जर्मनीमा संक्रमितको संख्या १ लाख ४५ हजार ७ सय ४२ पुगेको छ।

भारतमा संक्रमितको संख्या १७ हजार ६ सय १५ पुगेको छ। पाकिस्तानमा ८ हजार ३ सय ४८ जना संक्रमित भएका छन्। बंगलादेशमा २ हजार ४ सय ५६ जना संक्रमित भएका छन्। नेपालमा संक्रमितको संख्या ३१ पुगेको छ।

विश्वमा १ लाख ६५ हजार १०६ जनाको मृत्यु भइसकको छ। अमेरिकामा मृत्यु हुनेको संख्या ४० हजार ६ सय ६५ पुगेको छ।

इटालीमा २३ हजार ६ सय ६० जनाको मृत्यु भएको छ।  स्पेनमा मृत्यु हुनेको संख्या २० हजार ४ सय ५३ पुगेको छ। जर्मनीमा मृत्यु हुनेको संख्या ४ हजार ६४२ पुगेको छ। फ्रान्समा  मृत्यु हुनेको संख्या १९ हजार ७ सय ४४ पुगेको छ।   युकेमा  १६ हजार ९५ जनाको मृत्युु भएको  छ। भारतमा ५ सय ५९ जनाको मृत्यु भएको छ। पाकिस्तानमा १ सय ६८ जनाको मृत्यु भएको छ।

निको भएर घर फर्किने कुन देशमा कति 
जर्मनीमा ८८ हजार जना मानिस निको भएर घर फर्किसकेका छन्।

चीनमा घर फर्किनेको संख्या ७७ हजार ६ सय ८७ पुगेको छ।

स्पेनमा ७६ हजार ३ सय ५७ जना निको भएर घर फर्किसकेका छन्।

अमेरिकामा ६६ हजार ८ सय ५४ जना निको भएर घर फर्किसकेका छन्।

इरानमा घर फर्किनेको संख्या ५७ हजार २३ पुगेको छ।

इटालीमा ४४ हजार ९ सय २७ पुगेको छ।

फ्रान्समा ३६ हजार ५ सय ८८ जना मानिस निको भएर घर फर्किसकेका छन्।

स्विजरल्याण्डमा १७ हजार १ सय जना निको भएर घर फर्किसकेका छन्। ब्राजिलमा १४ हजार २६ जना निको भएर घर फर्किसकेका छन्।

क्यानाडामा ११ हजार २ सय १६ जना निको भएर घर फर्किसकेका छन्।

अष्ट्रियामा १० हजार ५ सय १ जना निको भएर घर फर्किसकेका छन्।

टर्कीमा १० हजार ४ सय ५३ जना मानिस निको भएर घर फर्किसकेका छन्।

भारतमा २ हजार ४ सय ६६ जना निको भएर घर फर्किसकेका छन्।

पाकिस्तानमा १ हजार ८ सय ६८ जना मानिस निको भएर घर फर्किसकेका छन्।

नेपालमा निको भएर घर फर्किनेको संख्या ४ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *