भ्याली बोर्डका सदस्यहरुद्धारा मेलम्ची आयोजनाको स्थलगत निरीक्षण

समाचार

न्यूज अपडेट संवाददाता
सिन्धुपाल्चोक , पुस १४


काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड)का कार्यकारी समितिका पदाधिकारीहरुले बुधबार नेपालको राष्ट्रिय गौरवको आयोजना सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरे ।

काठमाडांै उपत्यकाको खानेपानीको स्थायी समाधानको लागि एशियाली विकास बैकको ऋण लगानीमा तयार भएको मेलम्ची खानेपानी आयोजनाबाट गत वर्षदेखि खानेपानी आपूर्ति शूरु भएको थियो । तर २०७८ साल असार १ गते आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको महत्वपूर्ण निर्माणस्थल डुवानमा पर्नुका साथै अधिकाँश संरचनाहरुमा क्षति पु¥याएको थियो । यो वर्ष मंसिर महिनादेखि उपत्यकामा पानी वितरण शुरु भएको छ । त्यो अस्थायी रुपमा मात्र भएकोले स्थायी समाधानका लागि उपयुक्त विकल्पबारे अध्ययन गर्न भ्याली बोर्ड, केयुकेएलका पदाधिकारी तथा प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेको हो । स्थलगत निरीक्षणको क्रममा आयोजनाको महत्वपूर्ण भाग पुरिएको अवस्थामा रहेको र त्यसलाई पन्छाउने तथा अस्थायी रुपमा मात्र पानी पठाउने व्यवस्था गरिएको सहभागीहरुले बताएका छन् ।

उक्त आयोजनाको लागि हालसम्म रु.३०.५ अर्ब खर्च भइसकेको र दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने आयोजनाका पदाधिकारीहरुले बताए । कूल २७ किमी सुरुङ खनेर लामो समय पछिमात्रै उपत्यकाका जनताले पानी खान पाएकोमा गत वर्षको बाढीको कारण जनता निरास भएका थिए । उपत्यकाको लागि हाल दैनिक ४० करोड लिटर पानीको आवश्यकता रहेको काठमाडांै उपत्यका खानेपानी लि.को भनाइ छ । याँग्री र लार्केको पनि यसमा जोडिएको खण्डमा अर्को ३४ करोड लिटर दैनिक थपिने छ । त्यसको लागि ९ किमी सुरुङ खन्नुपर्ने आयोजनाको भनाइ छ । बजेटको व्यवस्था भए ३ वर्षभित्र उक्त सुरुङ खनिसक्ने र उपत्यकाको लागि पर्याप्त पानीको व्यवस्था गर्न सकिने आयोजनाका पदाधिकारीहरुको भनाई छ । यसको लागि नेपाल सरकारले ध्यान दिनुपर्नेमा सबैको जोड रहेको छ ।

सरकारले मेलम्ची खानेपानी विकास समिति खारेज गरेपछि अर्को विकल्प नदिएको कारण कुनै पनि काम अघि नबढेको र कर्मचारीहरुले समेत श्रावण महिनादेखि तलब खान नपाएको गुनासो भ्याली बोर्डका पदाधिकारी तथा सदस्यहरु समक्ष  कार्यरत कर्मचारीहरुले गुनासो गरे ।

निरीक्षणकै क्रममा आयोजित स्वागत कार्यक्रममा बोर्डका सदस्य सुनिल प्रजापतिले मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण भएसँगै खानेपानी समस्या केही हदसम्म समाधान भएको बताउँदै मेलम्ची आयोजनालाई संघ सरकारले नै प्राथमिकतामा राखी आयोजनाको कार्य अगाडि बढाउनुपर्ने बताए । सो क्रममा बोर्डका अध्यक्ष बालेन्द्र शाह, अर्का सदस्यहरु ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र मध्यपुर नपाका प्रमुख सुरेन्द्र श्रेष्ठले मेलम्चीको पानी वितरण कार्यलाई प्रभावकारी रुपमा संचालन गर्न आयोजनाको कार्यलाई निरन्तरता दिइनुपर्ने बताए । भ्याली बोर्डमा उपत्यकाका काठमाण्डौ, ललितपुर, भक्तपुर, मध्यपुर र किर्तिपुर नगरपालिकाका प्रमुखहरु सदस्य हुने कानूनी व्यवस्था छ ।

मेलम्ची आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाबारे प्रस्तुतीकरण दिँदै मेलम्ची आयोजनाका विभिन्न अवधिका उपलब्धीहरु, हालसम्म निर्माण सम्पन्न भएका मुख्य संरचनाहरु, हालसम्मको खर्च र आगामी दिनमा गर्नुपर्ने तथा गर्न सकिने कार्यहरुबारे प्रष्ट पारे । उनले मेलम्ची खानेपानी विकासलाई पुनः ब्युताउँनुपर्नेमा जोड दिँदै वर्षातको समयमा पानी पथान्तरण गर्न मन्त्रिपरिषद्बाट नीतिगत निर्णय गर्नुपर्ने र आयोजनाको दोस्रो चरण (यांग्री र लार्के) कार्यान्वयन यथाशक्य सुरु गर्नुपर्ने धारणा राख्नुपर्ने ।

यसका साथै भ्रमण टोलीमा बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणा, नेपाल सरकार खानेपानी मन्त्रालयका सहसचिव मिनु श्रेष्ठ, वडाध्यक्ष तथा सरोकारवाला कर्मचारीहरुको समेतको सहभागिता रहेको थियो । टोलीले मेलम्ची आयोजनाको हेडवक्र्स÷टनेल÷पानी प्रशोधन केन्द्र आदि संरचनाहरुको अवस्था तथा समग्र मेलम्ची खानेपानीको अवस्थाबारे बुझ्न स्थलगत अध्ययन÷अवलोकन भ्रमण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *