भोलि सकिँदै लकडाउनको तेस्रो साता, अब कति दिन थपिएला?

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २ बैशाख
sharethis sharing button
भोलि सकिँदै लकडाउनको तेस्रो साता, अब कति दिन थपिएला?

सरकारले लकडानउ घोषणा गरेको तेस्रो साता पूरा भएको छ। तेस्रो पटक थप गरेको लकडाउनको समय भोलिबाट सकिँदैछ। तर, लकडाउनको समय सकिँदै गर्दा नेपालमा कोरोना संक्रमणका विरामीहरु झनै देखिन थालेका छन्।

सोमवारसम्म १४ जनामा कोरोना संक्रमण देखिएको छ। थप केही आशंकाको घेरामा छन्। कोरोनाको जोखिम बढ्दै गएपछि सरकारले लकडाउनको समय थप गर्ने तयारी गरेको छ। मंगलवार बस्न लागेको मन्त्रिपरिषद्को बैठकले लकडानउको समय थप गर्नेछ।

‘हामी लकडाउनको समय थप गर्ने पक्षमा छौं। बैठकमा थप गर्ने प्रस्ताव लिएर जान्छौं,’ उच्चस्तरीय समन्वय समितिमा रहेका एक मन्त्रीले भने।

भारतबाट आएका मानिसमा पनि कोरोना संक्रमण देखिएको छ। त्यसैले सरकारले सीमा नाका थप कडाइ गर्ने भएको छ। सोमवार गृहमन्त्री रामबहादुर थापाले सीमा नाकामा कडाइ गर्न, पहाडी र हिमाली क्षेत्रमा रहेका सशस्त्र प्रहरीलाई तराईको सीमामा खटाउन निर्देशन दिइसकेका छन्। त्यस्तै भिआइपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई सीमामा खटाइने भएको छ।

सरकारले एक साता अर्थात वैशाख १० गतेसम्म लकडाउनको समय थप गर्ने तयारी गरेको हो। सरकारले प्रत्येक पटक सात सात दिन लकडाउन थप गर्दै आएको छ। शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फ्रेसन गरेका थिए। मुख्यमन्त्रीहरुले पनि प्रधानमन्त्री ओलीलाई लकडाउनको समय थप गर्न सुझाव दिएका थिए।

लकडाउन थपिने भएपछि सरकारले अत्यावश्यक सवारीका साधन चल्नका लागि इ पासको समेत व्यवस्था गरेको छ।

भारतमा जारी तीन साता लामो लकडाउन आज सकिँदैछ। भारतले पनि लकडाउन लम्ब्याउने तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *