२४ घन्टामा ८ सय ९७ जनाको कोरोना परीक्षण, तीन जना भारतीय नागरिकमा संक्रमण देखियो : प्रवक्ता देवकोटा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

कोरोनाको आशंकामा पछिल्लो २४ घन्टामा ७ सय ९५ जनाको नमूना परीक्षण भएको छ। उक्त अवधिमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएको छ।

उनीहरु सबै वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।

संक्रमण देखिएका तीनै जना पुरुष रहेको र उनीहरुको उमेर क्रमश: ३७, ४४ र ५५ रहेको उनले बताए।

स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता ढकालले हालसम्म नेपालमा पिसिआर विधीबाट ५ हजार १ सय ८४ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिए। परीक्षण गरिएकामध्ये तीन जना भारतीय नागरिकसहित १२ जनामा संक्रमण देखिएको छ।

परीक्षण भएकामध्ये ४ हजार २० जनाको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा र १ हजार १ सय ६४ जनाको उपत्यका बाहिर परीक्षण भएको हो।

डा देवकोटाका अनुसार र्‍यापिड डाइग्नोष्टिक किटबाट ३ हजार ३ सय २१ जनाको परीक्षण गरिएको छ। उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ। किट र पिसिआरसहित ८ हजारभन्दा बढीको नमुना परीक्षण भएको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *