पर्वतमा आईसोलेसनमा रहेका २ जनाको रिपोर्ट नेगेटिभ

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट
पर्वत, १९ चैत


पर्वत कोरोना अस्पतालको आइसोलेसनमा रहेका दुई युवाको रिपोर्ट पनि नेगेटिभ आएको छ । कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएकी बागलुङ्गकी युवतीसंगै यति एयरको बिमानमा यात्रा गरेका पर्वतको धाइरिङ्गका एक युवा र युवतीसँग भेटघाट गरेका नाङ्गलीबाङ्गका अर्का युवकको पनि रिपोर्ट नेगेटिभ आएको हो ।
दुबै युवाको थ्रोट स्वाब सोमबार परीक्षणका लागि काठमाण्डौ पठाइएकोमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दुबैमा कोरोनाको संक्रमण नभएको पुष्टि गरेको पर्वत अस्पतालका डा. शिशिर देबकोटाले बताए । उनीहरु आइसोलेसनबाट डिस्चार्ज भएपनि एक हप्तासम्म घरमै सेल्फ क्वारेन्टाईनमा बस्नुपर्ने डा. देबकोटाले बताए ।
पर्वतको जलजला गाउँपालिका वडा नं ७ धाइरिङ्गका ती युवा गत चैत ४ गते मध्यान्न १२.४५ को यति एयरको ६७९ नम्बरको उडानबाट युवतीसँगै पोखरा आएका थिए भने नाङ्गलीबाङ्गका युवा संक्रमितका नातेदार हुन ।
संक्रमणको आशंका युवाहरुको परीक्षण नेगेटिभ आएपछि उनीहरुको सम्पर्कमा रहेको आधारमा क्वारेन्टाईनमा रहेकाहरुको पनि थ्रोड स्वाब परीक्षण गर्न नपर्ने भएकाले क्वारेन्टाईनमा रहेका पनि होम क्वारेण्टाईनमा बस्ने गरि फिर्ता भएका छन् । पर्वतमा अहिलेसम्म ४ जना आइसोलेसनमा रहेकाको रिपोर्ट नेगेटिभ आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *