नेपालमा ९ सय १७ जनाको कोरोना परीक्षण, २४ घन्टामा नयाँ संक्रमित भेटिएनन् : प्रवक्ता डा देवकोटा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमडाैं, १७ चैत

नेपालमा हालसम्म ९ सय १७ जानको कोरोना भाइरसको परीक्षण गरिएको छ। पछिल्लो समयमा भएको परीक्षणमा नयाँ संक्रमित भेटिएको छैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नयाँ संक्रमित नथपिएको जानकारी दिएका हुन्।

‘हालसम्म ९१७ जनाको परीक्षण भएकोमा पाँच जनामा पोजेटिभ र ९ सय १२ जनामा नेगेटिभ देखिएको छ,’ उनले भने।

शनिबार बागलुङकी एक युवतीमा कोरोना भेटिएको थियो। उनी नेपालमा कोरोना भेटिएकी पाँचौ संक्रमित हुन्। उनको धौलागिरी अस्पतालमा उपचार भइरहेको छ।

शनिबारको सवा ४ बजेको ब्रिफिङमा उनको विषयमा जानकारी दिइएको थियो। आइतबारको ब्रिफिङमा पछिल्लो २४ घन्टामा नयाँ संक्रमित फेला नपरेको जानकारी दिइएको हो।

धनगढीको सेती अस्पतालमा एक जना र टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २ जनाको उपचार भइरहेको छ। उनीहरु सबैको अवस्था सामन्य रहेको छ।

नेपालमा पहिलो पटक भेटिएका बिरामी भने उपचारपछि निको भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *