९० लाख गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा सिनियर अहेव कोईरालाविरुद्द मुद्दा दायर

अर्थ/वाणिज्य विशेष समाचार समाचार
न्यूज अपडेट संवाददाता

काठमाडाैं, १९ असाेजsharethis sharing button

अख्तियारले ९० लाख गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा एकजना अहेवविरुद्द मुद्दा दायर गरेको छ।

स्याङजाकोे चापाकोट नगरपालिकामा कार्यरत सिनियर अहेव बिन्दु कोईरालामाथि  ९० लाख ३९ हजार ६२० रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारका  प्रवक्ता भोला दाहालका अनुसार ९० लाख ३९ हजार ६२० रुपैयाँ बीगो कायम गरी  भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ ख बमोजिम जफत तथा असुलसम्बन्धी मुद्दा दर्ता गरिएको हो।

साथै  कोईरालाले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्ति श्रीमती गीता कोईराला समेतको नाममा बैंक खातामा जम्मा गरेको पाइएको छ। अख्तियारले गीता कोईरालालाईसमेत प्रतिवादी कायम गरी  आरोप-पत्र दायर गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *