सिथिनखको स्मरण गर्दै वागीश्वरीमा बारा चटामरीकाे तालिम

कला/साहित्य विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, २४ जेठ


वागीश्वरी मा.वि. तुमचोमा  विद्यार्थीहरूलाई बारा चटामरी बनाउने तालिम दिइ विशेष पर्व मनाएको छ । स्थानीय पाठ्यक्रम ‘ख्वपको पहिचान’ को भावनाअनुसार कक्षा ८ का ३३८ जना विद्यार्थीहरूलाई मुगीको बारा र चटामरी पकाई खुवाइएको हो ।

जून ५ को विश्व वातावरण दिवसको उपलक्ष्यमा वागीश्वरी माविका विद्यार्थीहरूलाई पानीका स्रोतहरू कमलविनायक पोखरी, गरुडकुण्ड, च्याम्हासिंह पोखरी, वाचुहिटी, जसहिटी सरसफाइ गरी सिथिनखको समेत संस्मरण गरी यस्तो कार्यक्रमको आयोजना गरिएको वागीश्वरी स्रोतले बताएको छ ।
चामलको पीठो २४ किलो र मुगी १५ किलोको बारा रुचि राख्ने विद्यार्थीहरूलाई पकाउन समेत लगाइएको थियो ।

ख्वपको पहिचानका शिक्षिका शोभालक्ष्मी गोसाई, शिक्षकहरू राजन लाखा र धनेशराज राजोपाध्यायको पहलमा शिक्षिकाहरू कविता प्रजापति, कल्पना सुवाल, रामप्यारी सैंजू, रेनु प्रजापति, श्रीया पहिजू, दिपिका ह्यंगोजु, रीता शिल्पकार, रामलक्ष्मी कोजूलगायतका शिक्षिकाहरूले विद्यार्थीहरूलाई बारा चटामरी पकाउन सिकाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *