कोरोना अपडेट : मृतकको संख्या ३३ हजार ९५८ जना, १ लाख ४९ हजार १२२ जना निको भए

विशेष समाचार समाचार स्वास्थ्य

कोरोना भाइरस (कोभिड-१९) बाट ज्यान गुमाउनेको संख्या ३३ हजार ९ सय ५८ पुगेको छ।

कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित तथ्यांक अनुसार, आइतवार बिहान ७ बजेसम्म ७ लाख २१ हजार ५ सय ८४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै, एक लाख ४९ हजार १२२ जना उपचारपछि निको भएका छन्।

संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणको दर यस समयसम्ममा १ लाख ४२ हजार १०६ जनासँग भएकाे पुष्टी भएकाे छ।

जवकि शनिवार यही समयसम्ममा १ लाख २४ हजार २१७ जनालाई संक्रमण पुष्टि भएको हाे।

अमेरिकापछि संक्रमितको संख्या उच्च रहेको देशमा इटाली छ। त्यहाँ ९७ हजार ६ सय ८९ जनालाई संक्रमण पुष्टि भएको छ।

इटालीमा ज्यान गुमाउनेको संख्या १० हजार ७७९ पुगेको छ।

नेपालममा हालसम्म ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये एक जना उपचारपछि निको भइसकेका छन्। तीन जना टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा र एकजना धनगढीस्थित सेती अस्पतालमा उपचाररत छन्।

नेपालमा अहिलेसम्म ९ सय १७ जनामा कोरोना परीक्षण गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *