तीन महिनामा जम्मा ८ सय ७५ जनाको मात्र कोरोना परीक्षण 

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

 कोरोना भाइरसको आशंकामा नेपालमा हालसम्म ८ सय ७५ जनाको नमूना परीक्षण भएको छ। जसमध्ये पाँच जनामा संक्रमण पुष्टि भएको छ।

शनिबार पुनः एक जना संक्रमित भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या पाँच पुगेको हो। १९ वर्षीय युवतीमा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्ने ब्रिफिङमा जानकारी दिएको छ।

उनी बेल्जियमबाट कतार हुँदै चैत ४ गते नेपाल फर्किएकी थिइन्। उनको हाल स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।

कोरोनाको आशंकामा शनिबार थप ३२ जनाको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको छ। यसअघि मन्त्रालयले शुक्रबारसम्म ८ सय २ जनाको नमूना परीक्षण

गरेको थियो। गएको २४ घण्टामा कोरोनाको आशंकामा ७३ जनाको मात्र परीक्षण भएको छ।

११३३ नम्बरको कल सेन्टर
मन्त्रालयले कोरोना भाइरससँग सम्बन्धी जानकारी दिनका लागि शनिबारबाट कल सेन्टर थप गरेको छ। कोरोना सम्बन्धी मानिसको जिज्ञासा बढ्दै गएको भन्दै मन्त्रालयले ११३३ नम्बरको कल सेन्टर थप गरेको हो।

यसअघि मन्त्रालयले १११५ को कल सेन्टर स्थापना गरेको थियो । उक्त कल सेन्टरमा हालसम्म ६ हजार बढी फोन आएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *