न्यूज अपडेट
भक्तपुर, ११ चैत
भक्तपुर कमलविनायकस्थित जनसञ्चार गृह र रेडियो जनसञ्चारको ११ औं वार्षिकोत्सवको अवसरमा मंगलवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कोरोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्न सरकारले गरेको लकडाउनका कारण जनसहभागिता कम भएपनि रक्त सञ्चार केन्द्र भक्तपुर शाखाको प्राविधिक सहयोगमा जनसञ्चार गृहका पदाधिकारी र श्रोताजनको सहभागितामा उक्त कार्यक्रम भएको हो ।