थप २२१ जनामा कोरोना संक्रमण, २०६ जना संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, २० भदाै

छिल्लो २४ घण्टामा थप २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४०५८ जनाको परीक्षणमा २२१ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५१९ जनाको पीसीआर परीक्षण गर्दा १२२ जना र २ हजार ५३९ जनाको एन्टिजेन परीक्षण गर्दा ९९ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ४४४ पुगेको छ। पछिल्लो २४ घण्टामा २०६ जना संक्रमणमुक्त भएका छन्। यो अवधिमा शून्य मृत्यु रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *